Sunday, July 02, 2006

My Number was 6 for death


मार्ने नंबर ६
आलेख + तस्बीर: दीपेन्द्र वज्राचार्य ( फोटो पत्रकार- स्वतन्त्र )
श्रीधर न्यौपाने
पत्रकार, कामना पब्लिकेशन प्रा लि
जन्म घर: सिन्धुपाल्चोक
जन्म: २०३८ श्राबण १०,
पक्राऊ: २०६० चैत्र १३, काष्ठमण्डप बाट
छुटेको: २०६१ बैशाख ८, अदालट बाट

"म त च्याँसे थिएँ, दाई, त्यतिबेला । अफिस को काममा १ बजे तिर सुरज आर्केड, मखन बाट हिड्डै थियौ, काष्ठमण्डप तिर पुगेपछि दूइजना अपरिचित मान्छे पछाडिबाट आएर अंगालो हाले र रातो रंगको ट्याक्सी मा राखे र केहि सोधपुछ गर्नुछ, हामी सुरक्षाकर्मी हौ तर हनुमान ढोकाको होइनौ भने । म चुपचाप बसेँ, मलाई घोप्तो पार्यो, त्यतिबेला HBC FM बजिराखेको थियो, २ बजे बन्द गरियो । आँखामा पत्ति लगायो र हात पछाडी बाट बाँडिदियो, मैले अन्धकार मात्र देखेँ । मलाई घण्टौ ट्याक्सिमा घुमाई राख्यो ।"
पत्रकार श्रीधर न्यौपाने सिन्धुपाल्चोक बाट ब्याचलर अध्ययन गर्न काठमाण्डौं आएका थियो- २०ाााा मा । मार्क्सबाद बाट पहिले नै प्रभाबित ऊनले म्याक्सिम गोर्कीको आमा, आहुति को अग्निदिक्षा, नँयाघर, याङ्मोको युबाहरुको गीत र अन्य धेरै प्रगतिशिल किताबहरु पढिसकेको रहेछ । जेठो छोरा न्यौपानेको दिदी र भाई पनि छ । आफुलाई जन्म दिने आमा नभए पनि दोस्रो आमा का र बुबाका यिनी जिम्मेबार छोरा थिए । मिडिया प्वाईन्टका पत्रकार तालिममा र कामना प्रकाशन प्रा लि को मार्केन्टिङ्ग डिपार्टमेन्टमा काम गरिराखेको ऊनीलाई माओबादी लाई सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो । तत्कालिन व्यवस्थामा बिशेष कानुन ल्याई माओबादी लाई खाना ख्वाउने वा अरु जे सुकै गरे पनि सहयोग गरे भन्दै समात्न सक्ने अधिकार दिएको थियो । मैले सहयोग गरेको छैन तर पछि मलाई थाहा भयो की मेरो दिदी को कारण मलाई समातेको रहेछ, ऊनी माओवादी सँग आवद्द थिइन । हाम्रो घरमा सुरक्षाकर्मीहरुले सर्च गरेको रहेछ, मेरो फोटो भेटेछ, क्यारे ।
"दाई, यो सर्ट लगाउदाँ अझैपनि गर्व लाग्छ, पाईन्ट लाई लुकाएको छु । जुत्ता चाँहि खत्तम भएछ । मैले २५ दिन सम्म यहि लुगा लगाँए, निरन्तर । मलाई कहाँ राखियो मलाई थाहा भएन । धेरै पछि मैले अनुमान गरेँ की मलाई सामाखुशी गणमा राखेको रहेछ । मलाई आजभोलि आतकंवादी फिल्महरु हेर्दा फिका लाग्दछ - त्यसमा देखाउने सँजाए २ प्रतिशत पनि होइन, जति मलाई दिईयो ।"
उनको यो खबर थाहाभइसकेपछि घरमा नहुनु बेहाल भएछ, बुबा लगायत सबै नै बिरामि भएछ । ८२ बर्षिय हजुरआमा नराम्रो बिरामि भयो अहिले सम्म उठ्न सक्नु हुन्न, प्यारालाइसिस हुनुभयो, ओछ्यानमा पर्नु भयो । बहिनीको slc बिग्र्य्रो । उहाँहरुलाई सबैलेगर्ने ब्यबहार बदलियो । बुबाले चिनेसम्मकोलाई गुहार मागेछ, पुराना आर्मिका साथीहरु थिए-बुबाका, तर केहि कसैले साथ दिएनछ । यसो भएपछि सबै आशा नै मरेर गएछ । बुबा निकै बिक्षिप्त हुनुभएछ । काका ले निकै खोजि गर्नुभएछ, सबै थाँउमा गएर अपिल लेखाएछन् । ऊहाँ साहित्यकार हुनुहुन्थ्यो र बुझ्नुहुन्थ्यो । म जैसिदेवलमा बाहालमा बस्थेँ, त्यो घरको सानो छोरीलाई म पढाउथेँ,उहाँहरुपनि सवै रुनुभएछ ।
"ऊनीहरु ( सुरक्षाकर्मीहरु ) ६-७ जना रहेछन्, दूईजना बाइकमा र अरु ट्यक्सीमा आएछन्, भाँडाका ट्याक्सि रातो रंगको हो, नंबर हेर्ने कुरै भएन, मलाइ भित्र राखे र सिकिस्ट बिरामी लाई झै सबैको काखमा सुताए र हात पछाडी पत्ति बाँढिदिए र आँखामा पत्ति लगाईदिए, मेले प्रतिकार गरेँ तर उनीहरुले हामी वाध्य भएको बताए । म चुपचाप बसिदिए, मलाई कहाँ लगियो थाहा भएन । गोजिमा रु ६००० र अन्य कागजहरु थिए । मलाई १०-११ दिन सम्म एक्लै राखियो, खानामा मासुहरु पनि दिइन्थ्यो र छामेर खान्थ्यौं, ट्वाइलेट जानु पर्यो भेने पाईला गनेर जानु पर्थ्यो, हात खोलिदिन्थ्यो त्यसैले मैले आफ्नै दिशा, अनि त्यो प्वाल र ट्वाइलेटका भित्ताहरु मात्र देखे - २५ दिन सम्म । पछि मलाई, माओवादि को नै आरोपमा समातेको तेजनारायण सापकोटा सँगै राखियो र म उनलाई सापकोटा शर भनेर बोलाउथेँ । बोल्न दिइनन्थ्यो, खासखुश गरेर बोल्थ्यौ । डुय्टीमा जसले समय र बाहिर को केहि कुरा भन्थ्यो उनलाई राम्रो मान्थ्यौं । हिरासत भित्र दिइने पिडामा यौन शोषण पनि हो, मलाई पनि गर्ने कोशिश गरेको थियो तर मैले चाल पाएँ र मैले के गर्न लागेको भने ?, तैले के गर्न लागेको ? भने त्यसपछि मात्र रोके । दाई, मैले यो सबै कुरा आफ्नो उपन्यासमा लेख्दैछु । म मानसिक रुपमा बिक्षिप्त थिएँ । उनीहरुले सुनाएको, एक दिन एक दम्पतिलाई समातेर ल्यायो, दुबैलाई फरक ठाउँमा राखियो तर एकदिन सँगै राखिदियो र संभोग गर्न लगाए सबैको अगाडी । सबैले नराम्रो शब्द बोलिराख्यो रे, यसो बनेर उनीहरु भन्थे ।
बीचबिचमा बोलाउन्थ्यो र निर्घात पित्थ्यो, पैताला मुनि, घाँटिमा, चाकको फिलामा धेरै पिट्थ्यो । यस्तो ठाँउमा कुट्थ्यो जहाँ निशाना नबसोस्, डाक्टर अगाडी राखेर पिट्थ्यो । दिशा पनि बस्न सक्दैनथ्यो । मलाई मुजि फत्रकार, मार्ने संख्या नं ६, रोवर्टो कार्लोस भनेर बोलाउथ्यो । त्यतिबेला मेरो जिवन पशुको भन्दा तल्लो स्तरको झै लाग्थ्यो । चिडियाखानाको अन्धो जनावरलाई उसको रक्षकले टाढाबाट लाठ्ठीले घोचे जस्तै हो । र पनि उनीहरुले दर्शकलाई हेर्न र सुन्न सक्थ्यो, तर हामीले त न केहि देख्न्न नै पायौ न त सुन्न नै । मलाई लाग्थ्यो कि म पागल हुन्छु होला भनेर । मलाई एकपटक नुहाउन दिइयो, बाहिर बसेर १ देखि १०० सम्म गन्थ्यो तर यसरि १ २ ३ ८ १४ १५ १७ १९ २५ गनिदिन्थ्यो, हो, त्यहि समयमा नुहाउन सक्नु पर्ने । उनिहरुलाई जे मन पर्थ्यो त्यहि गराउँथ्यो- स्याल कराउन लगाउने, भुइँमा सुताउथ्यो । के भन्नु छ भन आज तिम्रो पालो हो भन्थे । बौ लाइ चिठ्ठि लेख भन्थे । नं ६ भन्न साथ मेरो मर्ने पालो सम्झनु पर्ने । भित्र रहँदा मनमा कुराहरु आइरहन्थ्यो, घरको मान्छेलाई मारीदिईसक्यो होला, बलात्कार गर्यो होला र अन्य धेरै । मैले केहि पनि प्रतिकार गर्न सकिनँ,जे भन्थ्यो त्यहि गरेँ,म मा शत्ति पनि थिएन । मलाई मारिदिन्थ्यो भन्ने निश्चित थियो । एकदिन एकजना गार्डले अचानक मास्क खोलोदियो र सानो ऐना झलक्क देखाईदियो - आफ्नो अनुहार हेर भने तर मैले के पनि देखेन, किनकी त्यो सबै अचानक गरिदियो । त्यो राम्रो मान्छे थियो, अर्को एक गार्डले पनि साँझ मलाई भन्यो कि पापीहरुले यसरी मान्छे मारिराखेका छन् तिमीलाई पनि भरे मार्दै छन् भन्थे । तिमी जस्तो कलीलोलाई मार्ने हाम्रो मन छैन । केहि कसैलाई भन्नु छ भने भन- तर तिमीलाई यथार्थमा मारिन्दैछन् - भन्थे । मलाई निकै टर्चर गरियो । हतियार चलाउनेले त एक जना मात्र मार्न सकिन्छ तर कलम समात्नेले धेरै जनालाई मार्छन त्यसैले पत्रकारलाई मार्नु परेको, भन्यो । सापकोता शरलाई प्रत्येक दिनको दिउसो गार्डले बोलाएर लैजान्थयो, कहाँ के गर्न थाहा थिएन, एक दिन खासखुस गरेर सोधेँ, शर तपाँइलाइ घेरै पिट्यो की ? होइन हो, उसले त मलाई अंग्रेजी पढाउन पो लगेको मोराले भन्यो ।
२१ दिन सम्म यसरि नै खासखुस गरेर बिताएँ र त्यो दिन म र सापकोता शरलाई बाहिर ल्यायो, अब मार्न ल्यायो होला भन्थाने तर हनुमान ढोका ल्याएका रहेछन् । मलाई जसले समातेको हो उनीहरुले नै ल्याएका रहेछन् । जेल भित्र राखियो, सोचेकि अव जेल जीवन शुरु भयो, हामीलाई अरु कैदिहरुले अचम्म मानेर हेरिराख्थ्यो । धेरै जना पटक पटक आउथ्यो र सोध्थे, मैले मेरो पढाई भन्दा यस्तो पढेको मान्छे भनेर अचम्म मान्थे । तर अप्रत्याशित रुपमा पाटनको पुनराबेदन अदालतको बयान पश्चात मलाई छोडिदियो । हबल्दार र ईनेस्पेक्टर ले तपाँई छुट्यो भन्दै हात मिलाउन आउँदा मलाई बिश्बास नै लागेन र म फटाफट त्यहाँ बाट हिडेँ, पुल्चोक मा आइपुगे र रु १० को फलफुल किनें र ट्याक्सी सम्म ह्वासह्वास् बढेँ र ट्याक्सीमा चदेँ । मलाई लाग्यो कि फेरि मलाई समात्छ होला भनेर र त्येसैले ड्राइभरलाई भनेँ की म भरखर छुटेको, फेरी मलाई समात्न सक्छ यदि समात्यो भने म यो ट्याक्सीबाट छुटेको भनेर अफिसको नं मा फोन गरिदिन अनुरोध गर्दै एउटा कागजमा लेखिदिएँ ।
म सरासर अफिस मा आएँ । अफिस मा प्रिय मित्र नारायण बास्तोला लाई भेटें । उनी मेरो नजिकको साथी हो र मलाई समात्न १ घण्टा अगाडी पनि उनै सँग कुरा गरिराखेको थिएँ । सबै जना आश्चर्यमा थिए र म पनि । मलाई सबैले बेग्लै ढंग ले हेर्यो र धेरै नजिकको साथि देखि आफन्तहरुले समेत २ महिनासम्म राम्रो ब्यबहार गरेनन् । मलाई छुट्टाउन अंकलले धेरै प्रयास गरेका रहेछन् । प्रधान संपादक पुष्कर लाल श्रेष्ठलाई भोलिपल्ट भेटें र मेरो कारण उहाँको घरमा समेत सुरक्षाकर्मीहरुले खानतलाशी गरेका रहेछन् र उहाँले सैनिक प्रमुखलाईसमेत जानकारी गराएकारहेछन् ।
तेस्रो दिन वुबा मलाई भेट्न काठमाण्डौं आउनुभयो र मलाई भेटेर १ घन्टा सम्म बोल्न सक्नु भएन " छोरा, तँलाई धेरै पिट्यो हगि, तँलाई जहाँ जहाँ पिट्यो मलाई पनि त्यँहि त्यँहि दुख्यो ।" बुबा सँगै घर गयौ र गाँउमा पनि सबैले मलाई पिलपिलाउथयो मात्रै र आफ्ना जिक्रि मित्रहरुले पनि १० महिना सम्म बोलेनन् । मलाई अंकलले सम्हाल्नु भयो र भन्नुभयो जे हुनु भैगयो तर मनमा कुराहरु गुम्साएर नबस । अंकलले बुझ्नुहुन्थ्यो 'जे भए पनि कासेकम मिडिया कभरेज त पायौ ।" म निकै डराउने भएथेँ । मलाई सबैमा शंका लाग्थ्यो । म त्यतिबेला ट्युशन पढें तर त्यो शर अलि कडा मिजाशको रहेछ, तर मलाई शंका लाग्यो की यसैले मलाई सोधपुछ गरेको थियो । मलाई कसैले फलो गरीराकेको झै लाग्थ्यो-यस्तो मलाई निरन्तर १ वर्ष सम्म भइनैराख्यो । म एक्लै अफिस जान्थेँ तर एक्लै फर्किन सक्दैनथें । मसँग कोहिन कोहि साथी भइहाल्थ्यो । म मानसिक रुपमा पिडित थिएँ ।
अँध्यारोमा जीबन जिउन सिकिसकेको थिएँ तर पछि बाहिर देख्दा आश्चर्य लाग्यो । केहि हप्तासम्म मलाई फलो गरिराखेको मान्छे देखिराख्थेँ । आफन्त,साथी, भाई सबै डराउँथे । केहि गर्ने आँट, सक्रियता सबै हराएर गए । फेरी पनि समात्ला जस्तो भईराख्थ्यो । म निकै पिडित थिएँ र डराउथेँ । म यहाँ बस्न सक्दिन कि भनेर दिल्लीमा गएर पढ्न जाने पनि कोशिश गरें । दाई, यो हेर्नुस् मैले म छुटेको भोलिपल्ट यो तस्बीर डल्लुको एउटा स्टुडियोमा खिचेँ र यो डायरि लेखेँ, तर मैले सेन्सर गरेर लेखेको छु किनकी तपाँईलाइ थाहानै छ, यो पाना मैले दराजको भित्र तिर लुकाएर राखेको थिएँ । मलाई एक महिनाको तारिकमा छोडेको थियो । म हाजिरमा जाँदा फेरिपनि मलाई समातेर राकिने पो हो कि जस्तो लाग्थ्यो । मलाई निकै कुराउथ्यो तर पनि मैले केहि भन्ने आँटनै हुदैनथ्यो । म हिरासत भन्ने उपन्यास लेख्दैछु, त्यसमा सबै कुराहरु राख्ने कोशिश गरेको छु ।
मलाई PTSD भन्ने मानसिक रोग लागेको रहेछ र मैले बाँसबारिको CIVICT बाट उपचार गराएँ, ऐले मुत्त भएको छु तर पनि कुनै शुक्रबार १३ गते पर्यो भने मन बिक्षिप्त भएर आँउछ । पहिला मेरो आँखा कमजोर थियो, चस्मा लगाउँथे तर आजकाल लगाउँदिन । पहिला यो शर्त हेर्न पनि डर लाग्थ्यो तर आजभोलि यसलाई लगाऊँदा गर्व लाग्दछ । पहिला शुक्रवार सम्म डराउथेँ तर आजभोलि त्यस्तो हुदैन । ICRC ले एक बर्षसम्म खोजि गरेको रहेछ मलाई नभेटेपछि मेरो गृहजिल्लामा समेत खोजि गर्न गएको रहेछ । मलाई मेरो एक जना केटी सथिले पनि निकै काउन्सिलिङ्ग गर्थ्यो । अहिले त मलाई गर्व लागेको छ । अहिले सम्झँदा मैले १५०० जति किताव पढेर पनि नपाउने अनुभब पाएको जस्तो भान भइरहन्छ । मैले हिरासत भनेको थाहा पाएँ । सानो तिनो डिग्रि नै हासिल गरेको जस्तो लाग्दछ । मलाई त्यो सबै न्युन लाग्दछ जो सिनेमा मा देखाइने र किताबमा पढ्न पाईने यातना र पिडा का दृश्यहरु, त्यो त जे जति फिक्शनमा बनाएपनि अपुग नै हुन्छ होला जो मैले भोगेँ । मैले मृत्युलाई निकै नजिकै गएर हरेँ । मैले पछि मेरो रु ६००० हजार खोजे र प्रहरीहरुलाई सोधेँ, उनीहरुले भने तैले खाएर हगिस् भने ।

( हाल सँन्ध्याकालिन दैनिक माहानगर मा कार्यरत पत्रकार श्रीधर न्यौपाने सँग गरिएको कुराकानिमा आधारीत । )
© Deependra Bajracharya

No comments: